Sajhamanch Archive

वीपी प्रतिष्ठानको उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै त्यहाँका चिकित्सकले आन्दोलन गरिरहेका छन् ।

त्यस्तैगरी, प्रतिष्ठानबाट निस्केको फोहोरमैलाको विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था हुनुपर्ने, प्रतिष्ठानभित्र विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने, आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमै खर्च गर्नुपर्ने, संकाय अनुसार आवास उपलव्ध गराउनुपर्ने लगायतका माग पनि चिकित्सकहरुको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *