फाल्गुनन्द साकोसको प्रतिवेदन सार्वजनिक
Published: (Updated: )
by .दमक । दमक–६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न आफनो बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
आइतबार संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको संस्थाले जनाएको छ । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प ) ,संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकर मेहेरमान लिङदेन, संस्थाका उपाध्यक्ष नरेन्द्रकुमार शेर्मा र सचिव दिलीप जवेगुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
संस्थाको ७ औ बार्षिक साधारणसभा यहि भाद्र १५ गते दमकको रेडक्रस सभाहलमा हुदै छ । त्यस साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरिएको संस्थाका व्यवस्थापक कुवेरप्रसाद तुम्बापोले जानकारी दिए ।
संस्थाकी लेखापाल प्रतिमा राईले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष लिङदेन,प्रमुख सल्लाहकार लिङदेनले संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत प्रतिवेदन सार्वजनिक गरिएको र अव शेयर सदस्यहरुले प्रतिवेदन लगेर ती उपर आवश्यक सुझाव दिन सक्ने बताएका थिए ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका सञ्चालक, शेयर सदस्य,कर्मचारी लगायतको समेत उपस्थिति रहेको थियो । ६ सय ५८ जना शेयर सदस्य रहेको सो संस्थाले चालु वर्षमा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद, एम्बुलेन्स खरिदसंगै सामाजिक कार्य गर्न विभिन्न कार्यक्रमका प्रस्तावहरु साधारणसभामा लैजाने अध्यक्ष लिङदेनले बताए ।
दुई वर्ष अघि जिल्ला भित्र सेवा केन्द्र खोल्न पाउने अनुमति पाएको सो संस्थाले चालु वर्ष भित्रमा शेयर सदस्यहरुका लागि लक्षित गरि विर्तामोड र शिवसताक्षीमा सेवा केन्द्र विस्तार गरिने तयारी भईरहेको अध्यक्ष लिङदेनले बताएका छन् ।
शेयर पूंजी अढाई करोड पुर्याउने
संस्थाले गएको वर्ष सम्म रु १ करोड ९४ लाख ५५ हजार ३ सय शेयर पूंजी पु¥याँएको छ भने चालु वर्षमा त्यस शेयर पूंजी २ करोड ५५ लाख २ सय पु¥याँउने लक्ष्य राखेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गएको वर्षमा २० करोड १४ लाख १६ हजार ५ सय ७१ रुपैया निक्षेप ग¥यो भने १९ करोड ८ लाख ४३ हजार २ सय ६२ रुपैया फिर्ता गरेको उल्लेख छ ।
त्यसैगरि,सोहि बर्ष ८ करोड ६५लाख २१ हजार ३ सय ३२ रहेको छ भने चालु वर्ष त्यसमा बृद्धि गरि रु २० करोड कर्जा लगानी पु¥याँउने लक्ष्य राखिएको अध्यक्ष लिङदेनले बताए ।
यसैगरि संस्थाको जगेडा कोषमा २३ लाख ९१ हजार ६ सय ४३ रुपैया,घरजग्गा कोषमा १५ लाख ८१ हजार २ सय ५०,अन्य कोषमा १६ लाख २९ हजार ३ सय ८९ रुपैया रहेको जनाईएको छ ।
Comments