Sajhamanch Archive

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।

सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो ।

‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए । यो यानलाई मंगल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।

यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ । यसले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *