Sajhamanch Archive

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिनेः प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।

मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले तीब्र विकासलाई तीब्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको पनि दोहोर्याएका छन् ।

“विश्व विद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भनेका छन् “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुन जरुरी छ ।”

सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

विश्व विद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको सुझाब छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *