Sajhamanch Archive

म्यानमार सैन्य ‘कू’ : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘क’ पछि जारी विरोध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गको ज्यान गएको छ । गएको केही हप्तादेखि जारी विरोध प्रदर्शनमा पहिलो पटक कुनै प्रदर्शनकारीको ज्यान गएको हो ।

गएको हप्ता विरोध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएको गोली टाउकोमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीको फोहोरा र रबरको गोली पनि चलाएको थियो ।

म्यानमारमा सैन्य ‘कू’ पछि लगातार विरोध प्रदर्शन जारी छ । सेनाले म्यानमारकी नेशनल डेमोक्रेसी पार्टी (एनएलडी) की नेतृ आङ सान सुकीको नेतृत्वको सरकारबाट सत्ता हत्याउँदै ‘कू’गरेको थियो । विरोध प्रदर्शनका क्रममा घाइते भएकी ती महिलाको अस्पतालमा ज्यान गएको हो ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *