Sajhamanch Archive

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधि सभाको विघटनपछि नेकपाकै प्रचण्ड-नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफस्वरुप ओली समुहले पनि आमसभा गर्दै आएको छ । त्यही सिलसिलामा आज विराटनगरमा प्रदर्शन एवं सभा गरिन लागेको हो ।

असंवैधानिक कदम सच्याउन चरम दबाव रहेका बेला आफ्नो पक्षमा विशाल जनमत देखाउन भन्दै ओली समुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्रदर्शन गरिसकेको छ । आज विराटनगरमा आयोजना हुने विशाल आमसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली समुहका नेताहरुले दाबी गरेका छन् ।

सभाका लागि विराट नर्सिङ् होम नजिकै रहेको खाली जग्गामा मञ्च बनाइएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएको छ । जसमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेश १ का अन्य नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री  ओलीको सुरक्षाका लागि विराटनगरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *