विपास्ना र सत्यमले जिते ‘लिटल च्याम्प’को उपाधि
Published: (Updated: )
by .विर्तामोड । झापाको विर्तामोडमा आयोजना भएको ‘लिटल च्याम्प २०१८’को उपाधि विर्तामोड नगरपालिका वडा १ की १४ वर्षीय विपास्ना खरेल र विर्तामोड ५ का १४ वर्षीय सत्यम शिवाकोटीले जितेका छन् ।
उनीहरुले एउटै इभेन्ट्सबाट शनिवार सम्पन्न ग्राण्ड फिनालेमा लेडिज र जेन्स तर्फको उपाधि हात पार्न सफल भएका हुन् । सेल्फी मिडिया प्रालिले आयोजना गरेको यस प्रतियोगितामा उनीहरुको मुल्याङकनमा खटिएको जर्ज टिमले सोधेको प्रश्न हामीलाई शिक्षा किन आवाश्यक पर्छ ? भन्ने प्रश्नमा उनीरुहरुले दिएको उत्तरनै उपाधिका लागि निर्णायक बनेको हो । १८ जना प्रतिस्पर्दीलाई पछि पार्दै विपास्नाले ‘लिटल च्याम्प’को ताज पहिरिन सफल भएकी हुन । जेन्स तर्फ ४ जना कडा प्रतिस्पर्दीहरुलाई पछि पार्दै सत्यमले उपाधि हात पारेका हुन् ।
यसैगरी ‘लिटल च्याम्प’को फस्ट रनर अपमा विर्तामोड नगरपालिका ५ की १४ बर्षिय जेनी निरौला र सेकेण्ड रनर अपमा विर्तामोड २ कि वर्ष १४कै सलिना दाहालले जितेका छन् । यसैगरी जेन्स तर्फको फस्ट रनर अपमा विर्तामोड ५का १२ वर्षिय युनिस सुवेदी र सेकेण्ड रनरअपमा विर्तामोड ५ कै १५ वर्षिय जेनिस निरौलाले उपाधि हात पारेका हुन् ।
नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्यनरत सहभागी २४ विद्यार्थीको कडा प्रतिस्पर्दाबाट विजेता घोषणा गरिएकोे हो । प्रतियोगीताको निर्णायक मण्डलमा इन्टरनेश्नल मोडल दिपक घिमिरे, शिरु सान्दाई खतिवडा, विर्तालेडी जेसिजकी अध्यक्ष नम्रता ढकाल र मेचीनगर लेडी जेसिजकी पुर्व अध्यक्ष तथा फेसन डिजाइनर उषा श्रेष्ठ रहेका थिए । विद्यार्थीहरुलाई करीव १ महिना सम्म बन्द सत्रमा राखेर विभिन्न प्रकारका तालिम प्रदान गरिएको सेल्फी मिडिया प्रा.लि.का कायकारी निर्देशक संजिव मैनालीले बताए । सहभागी विद्यार्थीहरुलाई वर्षा शिवाकोटीले कोरियोग्राफी गराएकी थिइन् ।
वरिष्ठ गीतकार शिव संकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा समाजसेवी देविभक्त श्रेष्ट, विर्तामोड वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्ता जेसीजका महासचिव विनोद पाण्डे, आँगन एफ.एम.का समाचार प्रमुख रञ्जित प्रसाई लगायतको उपस्थिती रहेको थियो । विराट एफ.एम.की प्रवन्ध निर्देशक तथा साहित्यकार लीला अनमोलले सञ्चालन गरेको यस कार्यक्रममा गायिका टिका प्रसाई र प्रेम आङ्गदेम्वेले विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए ।
Comments