Sajhamanch Archive

चारआली जेसिजद्वारा नयाँ सदस्यलाई तालिम

Published: (Updated: ) in शिक्षा, समाज by .

मेचीनगर । चारआली जेसिजले नयाँ सदस्यहरुलाई शनिबार पूर्व प्रेरणा तालिम प्रदान गरेको छ ।

चारआली जेसिजका अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको तालिममा जेसिजका निवर्तमान अध्यक्ष दिपेन्द्र निरौला, जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त तालिमको सहजीकरण चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले गरेका थिए । तालिममा पकुवालले जेसिज भनेको के हो,जेसिजको पृष्ठभूमि, जेसिजले के-के काम गर्छ लगायतका बारेमा बताएका थिए ।

सो अवसरमा तालिममा सहभागी मध्येबाट उमेश खतिवडा, समिक्षा पौडेल, विवेक सुन्दास लगायतले आ-आफना सिकाइ मन्तव्य राखेका थिए ।

जेसिजका कार्यकारिणी उपाध्यक्ष सुजुप सुवेदीले तालिम सञ्चालन गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।

तालिम निर्देशक तथा कार्यक्रम संयोजक हरिकृष्ण भण्डारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विरु वेघाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *