Sajhamanch Archive

क्यासमिरोको गोलमा रियल विजयी

Published: in खेलकुद by .

एजेन्सी । ब्राजिली मिडफिल्डर क्यासमिरोको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० ले पराजित गरेको छ ।

रियलले भालाडोलिडको मैदानमा साँघुरो जित हात पारेको हो । बल पोसेसनमा बलियो पकड बनाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

शनिबार राति भएको खेलमा क्यासमिरोले ६५औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । यो जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ३ मा झारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *