Sajhamanch Archive

अपर तामाकोशीको सेयर मूल्य सर्किट लाग्ने गरी वृद्धि, सेयर बजार भने सामान्य

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । नेप्से परिसुचक ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।

आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा १० प्रतिशतले मूल्य वृद्धि भएको छ । यसको सेयर प्रतिकित्ता ५ सय ३९ रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ ।

यता शिवश्री हाइड्रो पावरको पनि सेयर मूलय १० प्रतिशतले बढेर प्रतिसेयर १ सय ८९ रुपैयाँ पुगेको छ । यस्तै सबैको ध्यान खिचेको नेपाल इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यसको प्तिसेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य लगातार बढिरहेको छ ।

आजको बजारमा बैकिङ समूह, नीर्जिवन बिमा, फाइनान्स, लघुवित्त, जीवन बिमा समूहमा गिरावट आएको छ भने बाँकी रहेका सबै समुहमा बृद्धि भएको छ । आज नेपाल बैंकको सबैभन्दा बढी सेयर खरिद बिक्रि भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *