Sajhamanch Archive

विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ ।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए। महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न तयार रहेको जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेकोमा केही समूहलाई राम्रो नलागेको पनि बताएका थिए । ओलीले काठमाडौंको टौदहमा भएको कार्यक्रममा भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाए ।

गत माघ २७ गते खानेपानीमन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए । त्यसै अनुरुप सरकारले आज मन्त्रिपरिषद बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो। सरकार र विप्लव समूह दुवैले वार्ता टोली पनि घोषणा गर्ने पनि जनाइएको छ ।

                                                                                                              थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *