Sajhamanch Archive

‘प्रतिगमन’लाई जुत्ता हान्दै प्रचण्ड–माधव समूहका विद्यार्थी

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न कार्यक्रम गर्दैछ ।

आज दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित सबै जिल्लामा विरोध प्रदर्शन गरिने भएको हो । यस्तै विद्यार्थी संगठन अनेरास्ववियुले पनि विरोधका कार्यक्रम गर्दैछ ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ । नारायणहिटी अगाडि ‘प्रतिगमन’को प्रतिक बनाएर जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव समूहका एक विद्यार्थी नेताले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *