Sajhamanch Archive

सुभाष भट्टराईको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल भोट माग्दै बजार बजारमा

Published: in अर्थतन्त्र, समाज by .

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि संयुक्त व्यावसायिक प्यानलका उम्मेद्बारहरु घरदैलोमा सक्रिय भएका छन् ।

आज बिहान बुट्टाबारी, गरामनी र दिउँसो बिर्ताबजारमा सुभाष भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका हुन् । भेटमा व्यवसायीहरुले संयुक्त व्यवसायी प्यानलका उम्मेदवारलाई मतदान गरी विजयी गराउने बचन दिएका छन् ।

गरामनीका ब्यवसायीले वाणिज्य संघमा गरामनीलाई सधैं उपेक्षा गरिँदै आएको गुनासोसमेत गरेका छन् । सोही सन्दर्भमा अध्यक्षका प्रत्यासी भट्टराईले आफ्नो प्यानल विजयी भएपछि योग्य र सक्षम युवालाई प्रतिनिधित्व गराउने बताए ।

नाम नछाप्ने शर्तमा एकजना व्यावसायीले भने कम्युनिस्टको गड भएको गरामनीमा स्थानीय चुनावमा राप्रपालाई जिताएको हो हामी पार्टी हेर्दैनौं, ब्यक्ति हेर्छौ । विगत तीन कार्यकालमा विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वले व्यवसायीको हक अधिकारको भन्दा पनि अरुकै लागि काम गरेको देखिएकोले हिजोदेखि नै व्यवसायीको अधिकारका लागि प्रयासरत सुभाष भट्टराई र उनको प्यानललाई मतदान गर्न आफूहरु प्रतिवद्ध रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *