Sajhamanch Archive

सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो । बास्तोलालाई रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।

काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *