Sajhamanch Archive

उपप्रधानमन्त्री पोखरेल : सर्वोच्चले गर्ने फैसला स्वीकार हुन्छ

Published: (Updated: ) in राजनीति by .

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन् ।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा नहुने बताए ।

उनले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गरे । त्यस क्रममा नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *