Sajhamanch Archive

सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडमा मेरो बालक्लब

Published: in शिक्षा, समाज by .

बिर्तामोड । मेरो बालक्लब सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडका बिद्यालयमा बालक्लब गठन हुने भएको छ। नगरमा संचालित १८ वटा सामुदायिक र संस्थागत तर्फ २२ गरि ४० वटामा क्लब गठन गरिने नगर शिक्षा अधिकारी तिलचन भण्डारीले जानकारी दिएका हुन ।

हाल सामुदायिक ,संस्थागत र धार्मिक गरि ७४ वटा बिद्यालय संचालनमा छन् अन्य बिद्यालयमा विभिन्न श्रोत ब्यबस्थापन गरेर सम्पुर्णमा क्लब गठन र परिचालन र अभिमुखिकरण कार्यक्रम संचालन गरिने तयारी गरिएको भण्डारीले बताए। उक्त कार्यक्रम गठन तथा सहजीकरणका लागि शाखा अधिकृत जानुका रेग्मी र बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेल लाई जिम्मेवारी तोकिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *