Sajhamanch Archive

प्रतिनिधि सभा विघटन मुद्दाकाे फैसला आजै आउन सक्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामाथि संवैधानिक इजलासका न्यायाधीशहरुले छलफललाई तीव्र पारेका छन् ।

कार्यालय समय सकिएपछि पनि इजलासका न्यायाधीशहरु छलफलमै रहेका छन् । अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।

संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको विरुद्धमा रिट निवेदन दर्ता गराएका निवेदकलाई पनि मङ्गलवार नै साँझका लागि बोलाएको छ । सबै तयारी हेर्दा मङ्गलवार नै फैसलाको सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *