Sajhamanch Archive

राष्ट्रिय उपाध्यक्ष थापाद्वारा चारआली जेसिजको भ्रमण

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । नेपाल जेसिजका वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापाले आफ्नो शाखा भ्रमणका क्रममा मंगलबार चारआली जेसिजको भ्रमण सम्पन्न गरेकी छन् ।

उक्त अवसरमा चारआली जेसिजले निरुपित राष्ट्रिय उपाध्यक्ष थापालाई स्वागत गर्नुका साथै शाखामा भएको कार्यक्रम तथा नेपाल जेसीजले शाखाहरुमा गर्नुपर्ने विभिन्न सहयोगका बारेमा अन्तक्रिया समेत गरेको थियो ।

चारआली जेसिजका अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, पुर्व अध्यक्षहरु तथा वर्ष २०२१ को बोर्डका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वर्ष २०१५ का अध्यक्ष तथा पुर्व अध्यक्ष क्लबका अध्यक्ष जेसि राजेश गिरी, वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङ लगायतले आ-आफनो धारणा राखेका थिए ।

कार्यकारिणी उपाध्यक्ष जेसि सुजुप सुवेदीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव विरु वेघाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *