Sajhamanch Archive

आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । इरानको संसद्ले अर्थमन्त्री मसुद कर्बासियाँलाई बर्खास्त गरेको छ ।

इरानमा आर्थिक संकट चुलिंदै गएपछि संसदमा उनीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गरिएको थियो । इरानको संसद्मा भएको मतदानमा मसुदको पक्षमा १ सय २१ मत र बिपक्षमा १ सय ३७ मत परेको थियो ।

मसुदले बैंकिङ सुधार, ट्याक्स नियमन र अर्थव्यवस्था सम्हाल्न असफल रहेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । इरानमा गत दुई साता अघि श्रममन्त्री अली रबेइलाई महाअभियोग लगाई पदमुक्त गरिएको थियो ।

यसैबीच इरानमा राष्ट्रपति हसन रुहानीले इरानमा बढ्दो महंगीका बीच आर्थिक संकट समाधानका लागि सरकार लागिपरेको जनाएका छन् ।

अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानको आर्थिक स्थिति ओरालो लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *