Sajhamanch Archive

नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

Published: in राजनीति by .

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले अस्थिरता बढाउने बताउँदै आएका छन् ।

यस्तै, आजै प्रचण्ड–नेपाल समूहले पनि बैठक बोलाएको छ । यो समूहले दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि प्रचण्ड नेपाल समूहले पुनस्स्थापनाको माग गर्दै विरोधका कार्यक्रम गर्दै आएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापनाको पक्षमा फैसला सुनाए पछि आज यो समूहले विजय जुलुस निकालेको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *