Sajhamanch Archive

तत्काल सचिवालय बैठक डाक्न वामदेव गौतमको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

धुम्बाराहीमा रहेको केन्द्रीय कार्यलयमा तत्काल पार्टीको सचिवालय बैठक बोलाउन उनले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका हुन् । यस्तै उपाध्यक्ष गौतमले विज्ञप्ती निकालेर तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन् । विज्ञप्तीमार्फत उनले सर्वोच्च अदालतको निर्णयले संविधानको संरक्षण गरेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *