Sajhamanch Archive

नायिक साम्राज्ञी झापामा

Published: in राष्ट्रिय समाचार by .

झापा । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफू ब्राण्ड एम्बासडर रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरको कार्यक्रममा सहभागी हुन झापा आउने भएकी छन् ।

कर्नरको आयोजनामा भदौ १६ गते हुने एजुकेशनल सेमिनारमा सहभागी हुन शाह झापा आउन लागेकी जनाइएको छ ।

भदौ १६ गते बिर्तामोडमा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले जानकारी दिएका हुन् ।

सेमिनारमा अष्ट्रेलिया, युरोप, जापानलगायतका देशमा उच्च शिक्षाका लागि जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श दिइने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *