Sajhamanch Archive

पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग

Published: in मुख्य समाचार, शिक्षा, सहकारी, स्थानीय तह by .

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था र आरएमडिसि लघुवित्त वित्तीय संस्थाले करिब ४५० विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

आज बुधबार कचनकवल गाउँपालिकाको पथरिया माध्यमिक विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा त्यहाँका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।
स्कुल ब्याग वितरण कार्यक्रमको प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम थिए ।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष आलमले पालिकाले गर्नुपर्ने कतिपय कार्यहरु सहकारी संस्थाहरुले गरिदिएर पालिकालाई उल्लेखनीय सहयोग गरेको बताए ।

उनले कर्णाली सहकारीको सेवा केन्द्र स्थापनाकै अवसरमा आफुले ठुलो वित्तीय संस्थाले पालिकामा सेवा विस्तार गरेकोमा आभार व्यक्त गरिसकेको भन्दै यस प्रकारका सामाजिक कार्यले दुई संस्थाबीचको सम्बन्धमा थप मलजल पुगेको टिप्पणी गरे ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा श्रेष्ठले सहकारीको अन्तर्राष्टिय सातौं सिद्धान्त समुदायप्रतिको चासोलाई आत्मसाथ गर्दै बालबालिकाप्रति लक्षित कार्यक्रम प्रस्तुत गरिएको बताए ।

कर्णाली साकोसका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शब्दद्वारा स्वागत गरेका थिए । कार्यक्रममा आरएमडिसि इटहरी शाखाका कृष्णप्रसाद अधिकारी, वडा नं २ का वडाध्यक्ष मेखराज भट्टराई, वडा नं ३ का वडाध्यक्ष विजयप्रसाद राजवंशी, विद्यालयका प्रधानाध्यापक कृष्णकुमार शर्मा लगायतले आ आफ्ना धारण राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *