Sajhamanch Archive

मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

मंगलबार सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु बाँडेर खुशियाली मनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *