Sajhamanch Archive

“देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस्” : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चामा आएका कानून र विधेयकहरु धर्मशास्त्र नभएकोले कहिँकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन गरिने बताएका छन् ।

विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग आज बिहान बालुवाटारमा अन्तरसम्वाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सम्पादहरुसँग भनेका छन् ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस भन्ने कुरामा पनि सचेत भइदिनुहोस ।’

प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने पनि स्पष्ट पारेका छन् । ‘संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय सन् २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं’ उनले भनेका छन्, ‘यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनु जरुरी छ ।’

वर्तमान सरकारसँग जनताले ठूलो अपेक्षा गरेको भन्दै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको काम गरार्इ पुरानो शैलीको भएकोले यसमा निखार ल्याउनु पर्ने चुनौति रहेको पनि प्रष्ट पारेका छन् । भनेका छन्, ‘ठोकेर खिया झार्नुभन्दा लुव्रिकेन्ट हालेर राज्यका संयन्त्रहरुलाई चलायमान बनाइने छ ।’

आफू भ्रष्टाचारको विरुद्धमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितताप्रति कठोर हुने तथा कसैले भ्रष्टाचार गरेको प्रमाणबाट पुष्टी भयो भने वा कतैबाट देखें भने कसैको अनुहार नहेर्ने ठोकुवा गरेका छन् । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद केही चल्नेवाला छैन ।’

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकोले विमस्टेकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।
‘विमस्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुदैन ।प्रभावकारी हुन्छ’ प्रधानमन्त्रीको प्रष्टोक्ति छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *