Sajhamanch Archive

सांसदलाई उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन् । ८० जना सहभागी बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल फर्किन पनि निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका प्रचण्ड–नेपाल बुधबार बिहान काठमाडौं आएका थिए ।

प्रधानमन्त्रीबाट केपी शर्मा अ‍ोलीलाई हटाउन प्रचण्ड–नेपालले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । उनीहरुले बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *