Sajhamanch Archive

पशुपतिमा १०८ किलोको सुनको जलहरी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैंया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले जानकारी दिए। सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआरधना भएको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदँ सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यसवर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने उनले बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाई छ ।

पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागू औषध बर्जित गरेको पनि उनले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *