तोलामा पाँच सयले घट्यो सुन
Published:
by .काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments