Sajhamanch Archive

‘कामविहीन’ ३ महिनाको तलब एकैचोटी पाउने : प्रतिनिधिसभा सांसद

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै ३ महिनाको तलब भत्ता पाउने भएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको अवधिमा नपाएको तलब सांसदहरुले अब एक मुख्य रुपमा पाउने भएका हुन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले भने ‘उहाँहरुले संसद विघटन भएको बेलाको तलब पनि पाउनुहुन्छ । कहिले पठाउने कसरी पठाउने भन्ने कुरा प्रक्रियाका कुरा भएपनि उहाँहरुले तलब पाउनुहुन्छ ।’ २ सय ६९ सांसदले प्रतिनिधि सभाको शुन्य अवधिको तलब पाउने भएका हुन् ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये विभिन्न कारणले ६ स्थान खाली छ । उनीहरुले फागुन महिनाको तलब लिँदा पुस र माघको तलब पनि एकैसाथ पाउने छन् । प्रत्येक सांसदले प्रतिमहिना तलब भत्ता गरी ६५ हजार माथिको रकम बुझ्ने गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुको लागि मासिक झन्डै २ करोड रुपैयाँ हाराहारी तलब भत्तामा खर्च हुने गरेको छ ।

यसैबीच संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठकका लागि प्रशासनीक, भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ ।

संघीय संसदका सहप्रवक्ता धमलाले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै सचिवालयले भौतिक व्यवस्थापन, प्रशासनिक व्यवस्थापनको कार्य सम्पन्न गरेको जनाकारी दिए । उनले जुनसुकै बेला प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि तयारी अवस्था रहेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *