Sajhamanch Archive

साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए

Published: in सहकारी by .

अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था लिमिटेट झापाले १५औं वार्षिक साधारणसभाका लागि आज अर्जुनधारा क्षेत्रका सदस्यहरुबीच प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनोट कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति थियो ।

संस्थामा निायमित तथा उत्कृष्ट कारोबार गरेका तथा संस्थाको नियमअनुसार बचत तथा ऋणको कारोबार गरेका व्यक्तिहरु प्रतिनिधिको रुपमा छनोट गरिने संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए ।

लगभग सय जनाको हाराहारीमा प्रतिनिधि सदस्यको छनोट गरिएको संस्थाका अर्जुनधारा एकाई समिति सदस्य शान्ता लिम्वूले बताइन् ।

संस्थाका अध्यक्ष श्रेष्ठ, कार्यक्रम संयोजक देबेन्द्रकुमार सञ्जेल, सल्लाहकार संयोजक पे्रमसागर खनाल, भीमकुमारी श्रेष्ठ, अर्जुनधारा एकाई समिति सदस्य शान्ता लिम्बू, निर्मल काफ्ले लगायतको सहभागितामा प्रतिनिधि छनोट गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *