Sajhamanch Archive

डेटिङमा डर किन ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

डेटिङ भनेको तपाईंको लागि उत्तम पार्टनर खोज्ने माध्यम हो । तर त्यहाँ धेरै व्यक्तिहरू छन्, जो डेटिङमा जान डराउँछन् । कारण ? मानव प्रकृति अनुसार दिमागमा डर उत्पन्न हुन्छन् । ती पनि सबै गलत धारणाका कारण उत्पन्न भएका भयहरू हुन् । जोसँगको डेटिङको डरले तपाईंको दिमागमा प्रभुत्व जमाउँछ भने यो तपाईं‌मा उत्पन्न हुने अनावश्यक भय मात्रै हुन् । यहाँ हामी डेटिङको सबैभन्दा सामान्य भयको बारेमा कुरा गर्दैछौं । साथै, कसरी तपाईं त्यस डरलाई पन्छाउन सक्नुहुन्छ, हामी पनि यसको बारेमा छलफल गर्नेछौं । ताकि सही पार्टनरको लागि तपाईंको खोजीको यो मार्ग तपाईंको लागि पूर्ण रूपमा खुलोस् । जब त्यहाँ अधिक अवसरहरू हुन्छन्, सहि पार्टनर छनौट गर्न सजिलो हुन्छ ।

पहिलो डर : भेटको क्रममा के कुरा गर्ने ?

कुनै यस्तो व्यक्ति जसको बारेमा हामी केही पनि जान्दैनौं । कुनै पनि अपरिचित व्यक्तिसँग बाहिर जान असहज महसुस हुनु आफैँमा स्वाभाविक कुरा हो ।  यस अप्ठ्यारोका कारण धेरै मानिसहरू डेटिङ जान चाहँदैनन् । तर सोच्नुहोस् त जुन प्रश्न तपाईंको दिमागमा चल्दै छ, यो अर्कोको दिमागमा पनि भएको नहोला र ? यदि तपाईं चिन्तित हुनुहुन्छ भने तपाईंको साथी पनि त उति नै डराएको हुन सक्छ नि होइन र ? गणितमा हामीले पढ्यौं कि ‘माइनस र माइनस प्लस हुन्छ’ । त्यही सूत्र यहाँ पनि लागू गर्नुहोस्, । त्यसैले चिन्ता छोड्नुहोस् र डेटिङको लागि हुन्छ भन्नुहोस् ।

दोस्रो डर : अस्वीकृत हुने डर

यो डर मानव प्रकृतिको लागि पनि उपयुक्त कुरा हो । हामी सबै चाहन्छौं कि मानिसहरूले हामीलाई मन पराओस् । डेटिङका क्रममा पनि प्रत्येक केटा वा केटीले आफू अघि नै मान्छेलाई मनपराइरहेको हुन्छ ।

कसैलाई भेट्नुभन्दा पहिले हामी सोच्न थाल्छौं कि यदि उसले हामीलाई मन पराएन भने के हुन्छ ? तर यस प्रश्नको व्यावहारिक हिसाबले सोच्नुहोस् । तपाईं जस्तो सुकै भए पनि तपाईंलाई जुनसुकै बेलामा पनि अस्वीकार गर्ने सम्भावना ५०/५० प्रतिशत हुन आउँछ । यस्तो अवस्थामा तपाईं अस्वीकारसँग किन डराउनु हुन्छ ?

तेस्रो डर : सबै कुरा राम्रो हुन्छ कि भन्ने

हामी मानिसहरुको सबभन्दा राम्रो र खराब गुण भनेको नै हाम्रो कल्पना शक्ति हो । अहिले तपाईं अस्वीकृत हुने सोचेर डराउनुभएको हुन सक्छ । तर दोस्रो क्षणमा यो त्रासले पनि सताउन सक्छ कि यदि सबै ठीकठाक भयो भने त्यो अवस्थामा के होला ? पहिलो डेटमा नै हामीले अर्कोलाई कसरी चिन्न सकौंला र ? भन्ने चिन्ता पनि हामीमा हुन्छ । पहिले मनपराउनुको मतलब यो हो कि तपाईं अर्को डेटिङमा व्यक्तिको साथमा जान सक्नुहुन्छ । त्यसपछिका डेटिङहरूमा सबै कुरा ठीक हुन्छ । त्यसैले पहिलो डेटिङमा नै सबै मान्छे भावुक हुनु हुँदैन ।

चौथो डर : प्रतिबद्धताको डर

यो डर तेस्रो डरको एक विस्तार हो । यस किसिमको डर सामान्यतया पुरुषहरूमा भन्दा महिलामा बढी देखिन्छ । महिलाहरूलाई लाग्छ कि डेटिङको अर्को चरणमा प्रतिबद्ध सम्बन्धको सुधार हुनुपर्छ । त्यसो त्यस्तो नहुने भयो भने महिलाहरू दोस्रो डेटिङबाट टाढा भाग्ने गर्छन् । हेर्नुहोस्, कसैसँग डेटिङ गर्नुको मतलब यो होइन कि तपाईं भोलि उसैसँग बिहे गर्दै हुनुहुन्छ । तपाईंले आफैंलाई र उसलाई पनि समय दिनैपर्छ । प्रतिबद्ध सम्बन्धको थालनी गर्नुअघि हामीले हाम्रा अपेक्षाहरू र भविष्यका योजनाहरूको बारेमा कुरा गर्नुपर्ने हुन्छ । त्यसपछि यदि सबै कुरा ठीक देखिन्छ भने प्रतिबद्धतादेखि किन डराउनुपर्ने ?

पाँचौं डर : सही व्यक्ति नपाएकोमा डर

यस्तो डर लिएर बाँच्ने तपाईं एक्लो मान्छे भने होइन । हामीहरू धेरैमा यो डर महसुस हुने गर्छ । अझै नराम्रो कुरा, यो हुन सक्छ कि हामीले डेट गर्दै गरेका व्यक्ति सही छ वा खराब छ ? कहिलेकाहीँ त के पनि हुन्छ भने धेरै पटक तपाईं डेटिङमा गए पनि तपाईंले अर्को साथीलाई चिन्न सक्नुहुन्न । यो डरको अर्को रूप हो – प्रत्येकचोटि जब तपाईं फरक व्यक्तिसँग डेटिङमा जानुहुन्छ भने त झनै तपाईंले उसलाई चिन्न सक्नुहुन्न । जसको कारणले तपाईं‌ डेटको अवधारणाबाट डराउन शुरू गर्नुभयो । हेर्नुहोस् यो जेन्युइन डर हो, तर जीवनमा अगाडि बढ्नको लागि, तपाईंले यसलाई पार गर्नुपर्ने हुन्छ । कसैलाई मनपराउन जबरजस्ती नगर्नुहोस् । कुनै पनि कुरालाई मनपराउन समय लाग्न सक्छ । राम्रो चीज प्राप्त गर्नका लागि केही समय लगानी पनि गर्नुपर्ने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *