सरकारले फेरि थप्याे काेराेनाबाट मृत्यु भएका ८२ जनाकाे विवरण
Published: (Updated: )
by .झापा । सरकारले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६१८ जनाको विवरण थपेको सरकारले आज ८२ जनाको विवरण थप गरेको हो ।
विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए ।
बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ‘केस’लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताए । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी नेपालमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ ।
Comments