Sajhamanch Archive

मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना स्कूलमा दुना–टपरी बनाउने कार्यशाला सम्पन्न गरिएको छ।

विद्यार्थीहरुलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताएका छन् ।

मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । कक्षा ७ देखि ९ सम्मका छात्राहरुलाई विद्यालयका शिक्षिका अनिता थपलिया, इन्दिरा प्रसाईं, रुका ढुंगाना, भक्तमाया अधिकारी, सरिता पौडेलले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय नेपाली मौलिकता हराउँदै गएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई रचनात्मक बन्नमा समेत सहयोग पुग्ने भएकाले दुना टपरी गाँस्ने सीप सिकाइएको शिक्षका थपलियाले बताइन् ।

हाल विद्यालयमा उद्घोषण, चित्रकला, नृत्य, गीत–संगीत, कराते खेलजस्ता अतिरिक्त क्रियाकलापको प्रशिक्षण दिँदै आएको मनकामना माविले बिर्तामोडका लागि पृथक पहिचान निर्माण गरिरहेको अभिभावकको बुझाई छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *