Sajhamanch Archive

सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह

Published: in विविधा by .

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले तालिममा सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरेका छन् ।

मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा भएको नेतृत्व विकास तथा उद्घोषण तालिम समापनमा कार्यक्रममा बक्ताहरुले आफुले सिकेको सीप व्यवहारमा उतारेर काम गर्न सके मात्र तालिम लिएको सार्थकता हुने बताए ।

मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी संयोजक शिखा खड्का गणेशको अध्यक्षता तथा संस्थाकी प्रेस सल्लाहकार तथा नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्लाकी कोषाध्यक्ष परु सुबेदी रिजालले स्वागत गरेकी थिइन् ।
संस्थाकी झापा जिल्ला सदस्य सिमा अधिकारीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा संस्थाकी दमक उपशाखा समितिकी सदस्य चम्पा दाहालले संस्थाको गतिविधीबारे जानकारी गराएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *