Sajhamanch Archive

भन्सारको महानिर्देशकमा भुसाल, अर्थको वित्त महाशाखामा मैनाली

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । विभाग नेतृत्वमा यमलाल भुसाललाई पठाइएको छ ।

मन्त्रालयका सह-सचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् ।

यता राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता अर्थात् योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा.रामप्रसाद घिमिरे आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *