Sajhamanch Archive

यी समस्या भोगिरहेका व्यक्तिले कोरोना भ्याक्सिन लगाउनु हुँदैन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सकिएको छ । सरकारले दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट शुरू गर्दैछ । माघ १४ बाट सुरू भएको पहिलो चरणको अभियानमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएको सरकारले जानकारी दिएको छ ।

पहिलो चरणमा खोप लगाएकाहरूका लागि सरकारले आगामी वैशाखको दोस्रो हप्तासम्म दोस्रो चरणको खोप अभियान जारी राख्नेछ। पहिलो र दोस्रो अभियानको समयअन्तर ८ देखि १२ हप्ता कायम गर्ने मन्त्रालयले योजना बनाएको छ ।

कोरोना खोपको विरुद्धको खोप लगाएकाहरूको लागि दोस्रो चरणको खोप अनिवार्य भए पनि पहिलो चरणमा खोप लगाउँदा कडा खालको लक्षण देखिकाहरूले दोस्रो चरणको खोप नलगाउँदा राम्रो हुने विज्ञहरूले बताएका छन् ।

कोरोना खोप लगाएकाहरू धेरैलाई ज्वरो आउने, हात दुख्ने टाउको दुख्ने भए पनि नेपालमा भने हालसम्म खोपको लगाएकै कारण कडा खालको लक्षण देखिएर हालसम्म अस्पताल भर्ना भएको रेकर्ड पाइएको छैन ।

यसकारण देखिन्छ खोपको असर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनका अनुसार हाम्रो शरीरमा ​नयाँ कुरा पठाउनासाथ त्यसमाथि प्रतिक्रिया जनाउँछ, जसलाई मेडिकल भाषामा ‘अक्वायर्ड रियाक्सन’ भनिन्छ ।

मानिसको शरीरको संरचनाअनुसार रियाक्सन फरक-फरक हुने हुँदा कसैलाई कडा खालको असर देखिने र कसैलाई नदेखिने उनी बताउँछन् ।

यस्तो समस्या खेपेकाले दोस्रो चरणको खोप लगाउनु हुँदैन

पहिलो चरणमा खोप लगाउँदा श्वास फेर्न गाह्रो हुने, शरीरमा बिमिरा आउने, अनुहार र मुख सुनिने समस्या भएकाहरूले दोस्रो चरणको खोप लगाउन नहुने डा.पुनले बताए ।

उनले भने, ‘यदी पहिलो चरणको खोप लगाउँदा शरीरमा बिमिरा आउने, श्वास फेर्न गाह्रो हुने, बेहोस हुने र एलर्जी देखिनेजस्ता जटिल प्रकारका लक्षण देखिनेहरूले दोस्रो चरणको खोप नलगाउँदा राम्रो हुन्छ, किनभने यसले शरीरमा खोप सुट गरेन भन्ने देखाउँछ ।‘

पहिलो डोज खोप लगाउने धेरैलाई ज्वरो आउने, टाउको दुख्‍ने र ज्यान गल्नेजस्ता असर देखिएपनि यी लक्षण सामान्य रहेको उनले बताए ।
                                                                                                                            थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *