Sajhamanch Archive

फिल्टरलाई नि:शर्त रिहा गर्न प्रतिबन्धित नेकपाको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by .

म्याग्दी ।  बिहीबार म्याग्दीको मालिका गाउँपालिका -२ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई निस्शर्त रिहा गर्न नेकपा माग गरेको छ ।

नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्‍बन्धित पक्ष नै हुने चेतावनी दिएका छन् ।

वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका हुन् ।

‘२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकट गर्दछ,’विज्ञप्तिमा लेखिएको छ, ‘कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना सर्त रिहाइको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौँ।’

पक्राउ गरेपछि अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *