Sajhamanch Archive

शिवसताक्षीमा चार वडा कार्यालय भवन निर्माणको चरणमा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा चार वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् । नगरको वडा नं. १, ३, ५ र ६ नं. वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको हो । प्रदेश सरकार र स्थानीयतहको बजेटबाट वडा कार्यालय भवनहरु धमाधम निर्माण भैरहेका छन् ।

भाडाको घरमा वडा कार्यालयको काम गर्दै आएपनि कोठाहरुको अभाव र काम गर्न असजिलो भएपछि स्थानीय बासीबाट जग्गा उपलब्ध भएका वडाहरुमा कार्यालय भवन निर्माण गर्न थालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षीको वडा नं. १ को आइतबारेमा पनि वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको वडा नं. १ का वडाध्यक्ष सुवास राइले जानकारी दिए । ६ कोठा उक्त भवन प्रदेश सरकार र स्थानीयतहबाट ९९ लाखको लागतमा निर्माण सम्पन्न गर्न लागेको अध्यक्ष राईको भनाई छ । स्थानीय माया खवास र चुडामणी खवासले ५ कठ्ठा जग्गा उपलब्ध गराएपछि वडा कार्यालय भवन निर्माण गर्न थालिएको हो । अध्यक्ष राईका अनुसार वडाकार्यालय अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

त्यस्तै वडा नं. ३ को वडा कार्यालय भवन पनि धमाधम बन्ने क्रममा छ । सहरी संघन मन्त्रालय र शिवसताक्षी नगरपालिकाबाट विनियोजित ९९ लाखको रकमबाट उक्त भवन निर्माण कार्य भइरहेको वडाध्यक्ष पुन्यप्रसाद सापकोटाले जानकारी दिए । स्थानीय टंकप्रसाद लम्सालले ५ कठ्ठा जग्गा अनुदान दिएपछि वडा कार्यालय भवन निर्माणमा जुटेको अध्यक्ष सापकोटाको भनाई छ ।

त्यसैगरी शिवसताक्षीको वडा नं. ५ को पनि वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल भवन रगरोगन गर्न मात्र बाँकी रहेको बताइएको छ । पहिलो चरणमा ४६ लाखको लागतबाट निर्माण कार्य सुरु वडा कार्यालयले जनाएको छ । हाल भवनको लागत थप बजेट गरी जम्मा ८४ लाख खर्च भईसकिएको वडाध्यक्ष सत्यनारायण राजवंशी बताए । उनका अनुसार भवनमा टाल्यस लगाउने र रंगरोगन लगाउन बाँकी रहेकाले शिवसताक्षी नगरबाट थप २५ लाख विनियोजित गरिएको बताए । भवन ५ कठ्ठा ३ धुर जग्गामा निर्माण गरिएको हो । स्थानीय त्रिलोचन उप्रेती, मुना गिरी, यादव गिरी, धनलक्ष्मी ढकालले जग्गा उपलब्ध गराएको ५ नं. वडा कार्यालयले जनाएको छ ।

त्यसै गरी वडा नं. ६ को वडाकार्यालय भवन पनि निर्माण कार्य धमाधन निर्माण कार्य भइरहेको छ । स्थानीय ४ जना जग्गा दाताहरुले निशुल्क जग्गा उपलब्ध गराएपछि उक्त भवन निर्माण कार्य सुरु भएको हो । प्रदेश सरकार शिवसताक्षी नगरपालिकाबाट विनियोजित ९९ लाखको लागतमा भवन निर्माण कार्य भइरहेको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । उनका अनुसार चन्द्रमणी पौडेल, देउकुमार भण्डारी, सुरज राजवंशी र दुर्गा प्रसाद गुरागाँईले १० कठ्ठा जग्गा उपलब्ध गराएका हुन् ।

वडा कार्यालय भवन अपाङ्ग मैत्री बन्ने वडाध्यक्ष खुलालले जानकारी दिए । हाल भाडाको घरबाट ३ ओटा कोठा लिएर कार्यालय सञ्चालनमा धेरै कठिनाई व्यर्होनु परेको उनको गुनासो छ । नवनिर्मित भवन आउँदो जेठ महिनाबाट सञ्चालनमा ल्याउने बताइएको छ । चारै ओटा वडा कार्यालय भवनहरु सञ्चालनमा आएपछि सेवाग्राहीका काममा सहजता हुने दखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *