Sajhamanch Archive

८१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २७७३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *