Sajhamanch Archive

प्रधानमन्त्री ओली आज झापा आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रममा आउन लागेको बताइएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओली झापा आउन लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *