Sajhamanch Archive

ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् ।

गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *