Sajhamanch Archive

सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

Published: (Updated: ) in समाज by .

झापा । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो ।

मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताए । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताए ।

उनकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *