Sajhamanch Archive

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं ।. राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको उल्लेख छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन शुरू हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *