Sajhamanch Archive

वाणिज्य संघः मैनाली र भट्टराईबीच कडा प्रतिष्पर्धा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् ।

केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १६८६ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले १२३० मत ल्याएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १६५० मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले १२३५ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले १५११ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले १३३७ मत ल्याएका छन् ।

 वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १७६३ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले १०३५ मत ल्याएका छन् । त्यस्तै महासचिवमा लोकतान्त्रिकका अर्जुन मैनाली फेरि अगाडि पुगेका छन् ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १९९४ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ८०९ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले १३०७ मत ल्याउँदा कृष्ण पौडेलले १५१८ मत ल्याउन सफल भएका छन् ।

 कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १६६१ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ११६६ मत ल्याएका छन् । सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले १५२६ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले १२६१ मत ल्याएकी छन् ।

यो ३००७ मतपत्र गनिँदासम्मको परिणाम हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *