Sajhamanch Archive

विराटनगरबाट द स्किन एड को सफ्ट लन्च

Published: in समाज by .

काठमाडौँ । स्वदेशमा नै उत्पादित द स्किन एड सौन्दर्य प्रसाधनको एक कार्यक्रमबीच विराटनगरमा एकदिने सेमीनारसहित नेपाली उत्पादनको लन्च गरिएको छ।

वरिष्ठ सौन्दर्यविद् मेनुका शिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राई, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सौन्दर्यविद शिवाकोटीले द स्किन एडको बारेमा जानकारी गराउँदै सौन्दर्य प्रसाधन प्रयोग गर्ने विधिसमेत बताएकी थिइन्।

सुरु भयो नेपाली सौन्दर्य प्रसाधनको युग भन्ने नाराको साथ सुरु भएको मेड इन नेपाल उत्पादन द स्किन एडको सफ्ट लन्च विराटनगरबाट विगत ३५ वर्षदेखि सौन्दर्य क्षेत्रमा योगदान पुर्याएकी सौन्दर्यकर्मी चन्द्रकला रार्ईलाई सम्मान गर्दै सुरु भएको छ।

हाम्रो सौन्दर्य र स्वास्थ्यप्रति प्रतिकुल प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै फाइटो म्याक्स केयर प्रालिले हालसालै बजारमा ल्याएको ब्युटी प्रोडक्ट उच्च हिमाली क्षेत्रका वनस्पतिजन्य कच्चा पदार्थको समिश्रण गरी जीएमपी स्टाण्डर्ड आइएसओ ९००१, २०१५ मापदण्डमा आधारित रहेर अन्तराष्ट्रिय स्तरमा सौन्दर्य उत्पादन द स्किन एड नेपाली बजार र विश्व बजारमा पुर्याउने उद्देश्यले बजारीकरण सुरु गरिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *