Sajhamanch Archive

विप्लवबाट सरकारसँग वार्ताको नेतृत्व प्रकाण्डले गर्ने

Published: in राजनीति by .

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँग विप्लव समूहले पनि वार्ता टोली गठनको तयारी गरेको छ ।

विप्लव समूहका नेताहरुका अनुसार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहेको दुई सदस्यीय टोली गठनको तयारी भएको हो । आज साँझसम्म विज्ञप्तिमार्फत यसको जानकारी विप्लव समूहले दिने तयारी गरेको बताइएको छ ।

विप्लव समूहले यसअघि नै मन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन भए प्रकाण्डको नेतृत्वमा आफूहरुले वार्ता गर्ने बताइसकेको छ । प्रकाण्ड पूर्वमन्त्रीसमेत हुन् भने उदय चलाउने सो समूहका सैन्य विभागका प्रमुख हुन् ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई सदस्य रहेको वार्ता टोली बनाएको छ । सरकारले ०७५ भदौ २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *