Sajhamanch Archive

‘क्यान्सर उपचारका लागि अब विदेश धाउन पर्नेछैन’ : दुर्गा प्रसाईं

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी प्रमुख दुर्गा प्रसाईले अब कुनै पनि नेपालीले क्यान्सरको उपचारका लागि विदेश गइरहनु नपर्ने दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेतको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा प्रसाईंले यस्तो दावी गरेका हुन् ।

उनले आफू आर्थिकरुपमा सक्षम भएकाले विदेश गएर उपचार गर्न समर्थ पनि आम नेपालीमा यस्तो क्षमता नरहेको अनुभूत गरी क्यान्सर अस्पतालको निर्माण गरेको उनले बताए । हालसम्म ६०० करोड लगानी भइसकेको अस्पतालमा ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले प्रष्ट पारेका छन् ।

आफ्नो नेतृत्वमा चलेका व्यवसायबाट वार्षिक करोडौं रुपैयाँ राजश्व तिरेको अवगत गराउँदै प्रसाईंले आफूलाई विभिन्न शब्द प्रयोग गरी अपमान गर्नेहरुको जवाफमा मार्सी वियर, माफिया ह्विस्की उत्पादन गरेको बताए ।

पत्रकारिता नेगेटिभको पक्षमा लाग्न नहुने सुझाव दिँदै कार्यकारी निर्देशक प्रसाईले मिसन जर्नालिजन नगर्न आम पत्रकारहरुलाई आव्हान पनि गरेका छन् ।

आफूले बुवा भन्दै आएका नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई चेतावनी दिँदै उनले पार्टीमा काजीहरु इन भए पछि बाबुराम, वैध, वादल, प्रभु शाह, विप्लवहरु आउट भएको कुरालाई नबिर्सिन आग्रह गर्दै आफू र सुवासचन्द्र नेम्वाङजस्ता शुभचिन्तकको
मन राखिदिन आग्रह पनि गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *