Sajhamanch Archive

अपहरणमा परेका सयाैँ छात्रा रिहा

Published: in विश्व समाचार by .

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै तीन सय छात्रा रिहा भएका छन् ।

त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लिएर गएका थिए ।

अधिकारीहरूले कुल २७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या ३१७ बताए पनि त्यो सही नभएको बताएका छन् । केही छात्रा अपहरणमा परेपछि भाग्न सफल भएका कारण सङ्ख्यामा गडबडी भएको एक अधिकारीले बताएका छन् ।

सरकार र अपहरणकर्ताबीच भएको कुराकानीपछि छात्राहरुको रिहाइ सम्भव भएको एक अधिकारीले बताएका बीबीसीमा उल्लेख छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *