युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
Published: (Updated: )
by .भद्रपुर । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारको लागि म्यादी जीवन बीमा गर्ने बीमित भद्रपुर निवासी दिपक लिम्बूको परिवारलाई १४ लाख रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
कम्पनीका प्रदेश उप प्रमुख नविन मिश्रले मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी कला लिम्बूलाई प्रदान गरेका हुन् ।
मृत्युदाबी वापतको चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका भद्रपुर शाखा प्रमुख निरज निरौलाले बिमा महत्वबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा कम्पनीका एमआरडिटी दिपा राई, मुक्तीनाथ निरौला,एजेन्सी म्यानेजर रबिन शिवाकोटी, यशोदा कार्की, रमेश ओली लगायतको उपस्थिती रहेको थियो ।
बीमित लिम्बूको वैदेशिक रोजगारीको क्रममा कतारमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।
Comments