Sajhamanch Archive

यो वर्ष लेखनाथ पौडयाल पुरस्कार गणेश विषमलाई

Published: in शिक्षा by .

काठमाडौं । त्रिमूर्ति निकेतनले दाङका छन्दकवि गणेश विषमलाई यस वर्षको लेखनाथ पौडयाल साहित्य पुरस्कार प्रदान गरिएको छ ।

१४ औं त्रिमूर्ति दिवसको अवसर पारेर सोमबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार विषमलाई यस वर्षको लेखनाथ पौडयाल पुरस्कार प्रदान गरेका हुन् ।

एक लाख नगदसहितको यो पुरस्कार त्रिमूर्ति निकेतनले हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान दिँदै आएका एक जनालाई प्रदान गर्दै आएको छ ।

कार्यक्रममा चिरिबाबु महर्जन, लक्ष्मीदास मानान्धर र सुजीव बज्राचार्यलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिएको छ ।
त्यस अवसरमा संस्कृतिविद् जोशीले नेपाली भाषा र साहित्यको प्रतिष्ठा र गरिमाको श्रीवृद्धिमा जनस्तरबाटै काम हुँदै आएको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *